National life

चौथो सांग्रिला साइकल ¥याली सफलतापूर्वक सम्पन्न

१४ किलोमिटर दूरी पुरा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२३ जेठ २०८३, शनिबार
1.9kShares
चौथो सांग्रिला साइकल ¥याली सफलतापूर्वक सम्पन्न
ncell

सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल ¥यालीे भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर यही २०८३ जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल ¥यालीमा करीब १५ सय जना सहभागी हुनुभएको थियो । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको ¥यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी, सांग्रिला डेभलमपेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार, हुँदै पुन एलिस रिसेप्सन गैरीधारासम्मको १४ किलोमिटर दूरी पुरा गरिएको थियो ।

कार्यक्रमका सहभागीहरूलाई सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गर्नुभएको थियो । यस्तै, लक्कि ड्र मार्फत विजेता बन्नुभएकी अञ्जु पराजुलीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यँकारी अधिकृत सुयोग श्रेष्ठले साइकल प्रदान गर्नुभएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा लक्की ड्र मार्फत नै सहभागीहरूलाई विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । वातावरणको संरक्षणका साथै साइकल संस्कृति निर्माणमा सहयोग पु¥याउने उद्धेश्यले सांग्रिला डेभलपमेन्ट बैंकले २०७९ सालदेखि साइकल ¥याली आयोजना गर्दै आएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?