National life

सिटिजन लाइफको दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ चैत २०८०, बुधबार
482Shares
सिटिजन लाइफको दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स” सम्पन्न
ncell

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने“लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ ।

इन्स्योरेन्सको उक्त कार्यक्रम पोखरा स्थीत, रुपाकोट रिपोर्टमा भब्यताकासाथ सम्पन्न गरिएको हो। लेभल अप कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही कम्पनीले तोकेको व्यावसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरूलाई सम्मान गर्नुका साथै आउँदो समयका लागि आवश्यक व्यापार रणनीतिहरू बारे छलफल गर्नु रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरू गरी ६० जना को सहभागिता रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरूलाई प्रेरित गरेका थिए ।

यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरूलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ । कर्मचारीहरूलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धि राम्रो हुने र व्यावसायिक सफलता हासिल गर्न सजिलो विश्वास राखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?