काठमाडौँ । बीमा क्षेत्रमा चिरपरिचित पहिचान सहितका दीप बहादुर बिसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएका छन्।
कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो।
बिसी २०७४ साउनदेखि सिटीजन लाइफमा नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए।
एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधि हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।
कम समयमा सिटीजन लाइफलाई बीमा बजारमा बलियो रूपले उपस्थिति गराउन बिसीको भूमिकालाई विशेष रूपमा हेरिन्छ ।





































