National life

सिटिजन लाइफको मैतीदेवी शाखाको समुद्घाटन, अभिकर्तालाई गुणस्तरीय सेवा पुग्ने विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
472Shares
सिटिजन लाइफको मैतीदेवी शाखाको समुद्घाटन, अभिकर्तालाई गुणस्तरीय सेवा पुग्ने विश्वास
ncell

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतीदेवी स्थित स्थानान्तरीत शाखाको आज सोमबार एक विशेष कार्यक्रमको बिच समुद्घाटन सम्पन्न भएको छ । शाखा कार्यालय उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडर द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, साथै कम्पनीका केही विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजर, लगायत केही सिटिजन लिडरहरू र स्थानीय महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भनाइ छ ।

Royal Enfield
nic asia capital
समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डर द्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचायले कम्पनीले आजको मितिसम्म हासिल गरेको सफलतामा आफूहरूको गर्व रहेको जनाएका छन् ।

संस्थाले सधैँ आफूहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गर्नु भएकोमा बधाई साथै शुभकामना व्यक्त गरेका हुन।

यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरू मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहक वर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?