National life
cg eloctronics

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ असोज २०८१, बुधबार
514Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम सम्पन्न
muktinatha bikash bank

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ । संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो ।

यसै परिप्रेक्ष्यमा, २०८१ साल भदौ महिनामा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा कम्पनीको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगरिका के.सी. ज्यूको उपस्थिति रहेको थियो। करिब ६० जना कर्मचारीहरूले यस तालिमबाट लाभ लिएका छन्। प्रशिक्षण कार्यक्रमका मुख्य विषयहरूमा समय व्यवस्थापन, नेतृत्व विकास, संचार कला, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, र क्षमता वृद्धि समावेश थिए, जसले कर्मचारीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तालिमको क्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले कर्मचारीहरूलाई प्रेरित गर्दै कार्यकुशलताको विकास र रणनीतिक रूपमा अगाडि बढ्न सिकाएका थिए। कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै, तालिममा सिकेका कुराहरूले उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रमको सफल समापन गर्दै सबैलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।

everest bank

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै कर्मचारीहरूको क्षमता अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?