काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ । संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो ।
यसै परिप्रेक्ष्यमा, २०८१ साल भदौ महिनामा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा कम्पनीको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा पूर्व मिस नेपाल सुगरिका के.सी.
तालिमको क्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर बिसीले कर्मचारीहरूलाई प्रेरित गर्दै कार्यकुशलताको विकास र रणनीतिक रूपमा अगाडि बढ्न सिकाएका थिए। कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै, तालिममा सिकेका कुराहरूले उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रमको सफल समापन गर्दै सबैलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।
सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै कर्मचारीहरूको क्षमता अभिवृद्धिमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

































