National life

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड: एक तोला खरिद गर्न १ लाख ६० हजार चाहिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८१, मङ्गलबार
498Shares
सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड: एक तोला खरिद गर्न १ लाख ६० हजार चाहिने
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यले पुनः अर्को रेकर्ड कायम गरेको छ ।

एकपछि अर्का नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा कारोबार हुने भएको छ । सोमबारको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो आजसम्मकै उच्च मूल्य हो ।

यता, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यले दैनिक रूपमा नयाँ उचाइ कायम गरिरहेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ११ डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ११.७७ डलरले बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?