काठमाडाैं । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ कीर्तिमान बनाउन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाला सुन १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च हो।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १६ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।





































