काठमाडाैं । सुनको मूल्यले विगतको रेकर्ड तोडेको छ । सुनको मूल्यले गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो ।
साउनमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाला सुन १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।





































