काठमाडौँ । नेपाली बजारमा दैनिक रूपमा बढेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।



































