National life

सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
667Shares
सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । मङ्गलवारका दिन सामान्य अंकले घटेको सुनको मूल्यले बुधवारका दिन नेपाली बजारमा कीर्तिमानी कायम गरेको छ ।

सुनको मूल्य हालसम्मकै महँगो भएको छ। अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला १८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३३ हजार रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital

https://aarthikvoice.com/archives/29850

 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ । चैत १९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको थियो ।

त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।  सुनको मूल्य थप बढ्न सक्ने प्रशस्त कारणहरू रहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?