काठमाडौँ। आज मंगलवार २७ गतेका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला सामान्य बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ ।

































