काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“को एम्बास्डरको रूपमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई चयन गरेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आफ्ना अभिकर्ताहरुबाट प्रोडक्ट एम्बास्डर उपाधीका लागि देशव्यापी रुपमा गरिएको कन्टेस्टको आधारमा रेग्मीलाई चयन गरेको हो । कम्पनीले प्रोडक्ट एम्बास्डरको आफ्ना शाखा कार्यालयहरूमा फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेट जस्ता प्रचार सामग्रीहरू पनि प्रयोग गर्दै आएको छ ।
कम्पनीले अभिकर्ताहरूलाई प्रोत्साहन गर्ने मूल उद्देश्यले कम्पनीले यस्तो रणनीति लागू गरेको हो ।
हाल देशै भरिबाट गरिएको प्रोडक्ट एम्बास्डर जस्तो गरिमामय कन्टेस्ट अन्तर्गत सर्वोत्कृष्ट व्यवसाय गरि बिजेता बन्न सफल पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराज रेग्मीलाई “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“ अन्तर्गत प्रोड्क्ट एम्बास्डरको रूपमा चयन गरिएको हो ।
कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गर्न सफल भई प्रोडक्ट एम्बास्डर कन्टेस्टमा विजयी भएपछि, रेग्मीलाई “सूर्यज्योति थ्री–२० धन बहार जीवन बीमा योजना“ को अन्तर्गत एक वर्षको अवधिका लागि एम्बास्डरको रूपमा चयन गरिएको हो ।

































