काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दुई वटा शाखा कार्यालय बन्द गर्ने भएको छ ।
कम्पनीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा रहेको शाखा कार्यालय बन्द गर्न लागेको हो। कम्पनीले उक्त शाखा कार्यालय भदौ २ गते आइतबारदेखि बन्द गर्ने एक सूचना मार्फत जानकारी दिएको छ ।
उक्त चनौली शाखाबाट गरिने सम्पूर्ण कार्य अब चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको नारायणघाट शाखा कार्यालयबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
चनौली शाखाका बीमित तथा अभिकर्ताहरू नारायणघाट शाखामा धाउनुपर्ने भएको छ ।
त्यस्तै कम्पनीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मनहरी शाखा कार्यालयलाई पनि सोही मितिबाट बन्द गर्ने भएको छ। कम्पनीका अनुसार मनहरी शाखाबाट प्रदान गरिने सम्पूर्ण सेवा अब मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हेटौँडा शाखा कार्यालयबाट प्रदान गरिनेछ ।






































