National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, हेरौ बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
488Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, हेरौ बोनस सेयर कति ?
ncell

काठमाण्डौ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। यही चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्स कम्पनीले गत वर्षका मुनाफाबाट हाल कायम चुक्तापूँजीको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित उक्त लाभांशमा हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँबराबरको १०.२५ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७ रुपैयाँबराबरको बोनस सेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७ रुपैयाँबराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ ।

यसरी कम्पनीले ३५ प्रतिशतले हुन आउने कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ रुपैयाँबराबरको बम्पर लाभांश घोषणा गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?