National life

हकप्रद निष्काशन प्रस्ताव पारित गर्न तेह्रथुम पावरले डाक्यो साधारण सभा,बुकक्लोज कहिले ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ मंसिर २०८०, सोमबार
732Shares
हकप्रद निष्काशन प्रस्ताव पारित गर्न तेह्रथुम पावरले डाक्यो साधारण सभा,बुकक्लोज कहिले ?
ncell

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले छैटौँ वार्षिक साधारण सभा पुस २१ गते, शनिवार कम्पनीको कार्यालय, राम मन्दिर मार्ग,काठमाडौँमा दिउँसो साढे १२ बजे डाकेको छ ।

सभाले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ। यस्तै सभाले नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै किसिमको निर्देशन ,कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन परिवर्तन गर्ने लगायतका कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने कम्पनीको जानकारी छ।

Royal Enfield
nic asia capital

साधारण सभा प्रयोजनार्थ कम्पनीले मङ्सिर २८ गतदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार मङ्सिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?