National life

हिरासतबाट बाहिरिएको २ दिनमा लामिछानेलाई पुनः हिरासत पठाइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
506Shares
हिरासतबाट बाहिरिएको २ दिनमा लामिछानेलाई पुनः हिरासत पठाइयो
ncell

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ।

जिल्ला अदालत काठमाडौँमा आज (आइतबार) बयान भए पनि थुनछेक बहस नभएकाले लामिछानेलाई पुनः हिरासतमा पठाइएको हो। लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

भोली अर्थात् सोमबार लामिछानेलाई प्रहरीले नै अदालतमा उपस्थित गराउने भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

Royal Enfield
nic asia capital

लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए । आइतबार बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएन। लामिछानेले आफू अदालत हाजिर भएकाले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?