National life

१० ठुला बैंकको लेखापरिक्षण गराउने प्रक्रिया रद्द, यी हुन कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ भदौ २०८१, शुक्रबार
533Shares
१० ठुला बैंकको लेखापरिक्षण गराउने प्रक्रिया रद्द, यी हुन कारण
ncell

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विदेशी अडिटबाट १० ठुला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै विदेशी अडिटबाट १० ठुला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको जानकारी दिएको छ। गत चैतमा माग गरेको आशय पत्रअनुसार ५ कम्पनी सर्ट लिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिएकामा उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो ।

मार्च २०२३ मा आईएमएफले नेपाल सरकारलाई उपलब्ध गराउने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि प्रमुख सर्तका रूपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठुला बैंकहरूको लेखा परीक्षण गर्नुपर्ने सर्त राखेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्यांकनसम्बन्धी विधि प्रभावकारी भएको, वित्तीय अनुशासन नभएको लगायतका प्रश्न उठाएपछि अर्थमन्त्री र गभर्नरले विदेशी स्वतन्त्र लेखा परीक्षकबाट १० ठुला बैंकको लेखा परीक्षण सुरु गर्ने प्रतिबद्धता जनाएको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?