काठमाडौँ । घरेलु बजारमा सोमबारका दिन स्थिर रहेको सुनको मूल्यमा आज मङ्गलवार समेत कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको स्थिर मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ सय रुपैयाँ कायम भएको छ ।


































