National life

४ दिन सञ्चालन भएको आठौँ रियल इस्टेट एक्स्पोमा ३ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
595Shares
४ दिन सञ्चालन भएको आठौँ रियल इस्टेट एक्स्पोमा ३ अर्ब बढीको कारोबार
ncell

काठमाडौं । पुस १२ देखि १५ गतेसम्म सञ्चालन भएको आठौँ रियल इस्टेट एक्स्पोमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई संघको आयोजना र भक्तपुर जग्गा तथा आवास विकास संघ समेतको सहआयोजनामा सञ्चालन भएको आठौँ रियल इस्टेट एक्स्पोमा ३ अर्ब बढीको कारोबार भएको हो ।

मेलाबाट योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्ट खरिद र बिक्रिमा संलग्न सरोकारवालाहरु थप उत्साहित भएको पाइएको संघको जानकारी छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै राजेन्द्र मल्लले हालका दिनमा देशको समग्र अर्थतन्त्र उकुसमुकुस अवस्था रहेको वर्तमान परिप्रेक्ष्यमारियल ईस्टेट एक्स्पोले अर्थतन्त्र चलायमान बनाउन सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै घरजग्गा व्यवसायको विकास र विस्तारले अन्य निर्माण उद्योगसँग सम्बन्धित पेशा व्यवसायलाई समेत आर्थिकरुपमा ठूलो टेवा मिल्ने बताएका छन् ।

Royal Enfield
nic asia capital

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले देशको अर्थतन्त्र संकुचनमा रहेकोले यसले घरजग्गा व्यवसायलाई पनि प्रभावित पारेको र हालका दिनहरुमा देशको अर्थतन्त्रमा क्रमिक सुधारका संकेत समेत देखा परेको अवस्थामा निजी क्षेत्रका पेशा व्यवसायीहरुले सकारात्मक पक्षलाई आत्मसात गर्नुपर्ने बताए।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीतिका कारण घरजग्गा व्यवसायलगायत सम्पूर्ण उद्योग व्यवसायमा नकारात्मक असर परेको बताए । साथै उनले देशको समग्र अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने भनाई राखेका छन्।

यस एक्स्पोमा साना ठूला गरी ६० भन्दा बढी स्टलहरु राखी प्रदर्शकहरुले आ–आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गरेका थिए भने करीब चालिस हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका थिए । मेलामा घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन तथा बैंकिङ्ग जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत प्राप्त गरेका थिए ।

चार दिनसम्म संचालन भएको यस मेलामा दर्शकहरुले सुरक्षित तथा वातावरणमैत्री घरजग्गा तथा अपार्टमेण्टहरु बारे जिज्ञासा राख्नुका साथै मूल्य प्रतिस्पर्धा मार्फत् उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु खरिद बिक्रि सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?