National life

६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता बाँकी रहेको प्राधिकरणको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
424Shares
६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता बाँकी रहेको प्राधिकरणको दाबी
ncell

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ९आज० बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बक्यौताबारे जानकारी गराएको छ ।

डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको विद्युत् प्राधिकरणको भनाई छ।

‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको रहेको छ’, प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीति रहेको समेत प्रस्ट पारेको छ ।

पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको जनाएको छ ।

Royal Enfield
nic asia capital

विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीप्रति प्रस्ट पार्न विद्युत् प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?