National life
cg eloctronics

नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
474Shares
नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी चयन
muktinatha bikash bank

काठमाडौँ। डा.बिन्दुनाथ लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा चयन भएका छन् । लोहनी आगामी ४ वर्षका लागि चयन भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको हो ।

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका डा.लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत रहेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?