National life

आर्थिक सर्वेक्षण: कृषि क्षेत्रको वृद्धि घटेर १.५८ प्रतिशतमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.2kShares
आर्थिक सर्वेक्षण: कृषि क्षेत्रको वृद्धि घटेर १.५८ प्रतिशतमा सीमित
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले नेपालको कृषि क्षेत्रको वृद्धि दर घटेको देखाएको छ। सरकारद्वारा सार्वजनिक सर्वेक्षणअनुसार कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्ष ३.०५ प्रतिशत थियो।

Royal Enfield
nic asia capital

सर्वेक्षणमा कुल गार्हस्थ्य उत्पादन (GDP) मा कृषि क्षेत्रको हिस्सा करिब २४ प्रतिशत रहने उल्लेख गरिएको छ। राष्ट्रिय कृषि गणना २०७८ अनुसार देशका कुल घरधुरीमध्ये करिब ६२ प्रतिशत अझै कृषि पेशामा संलग्न रहेका छन्।

सिँचाइ सुविधाको विस्तार भए पनि कृषि योग्य जमिनको ठूलो हिस्सा अझै असुरक्षित रहेको देखिएको छ। फागुन २०८२ सम्म कुल कृषि योग्य जमिनमध्ये ४४.६ प्रतिशतमा मात्र सिँचाइ पुगेको छ भने सिँचाइ योग्य क्षेत्रमध्ये ६२.६ प्रतिशतमा मात्र वास्तविक पहुँच रहेको तथ्यांकमा उल्लेख छ।

पशुपालन क्षेत्रमा भने सकारात्मक संकेत देखिएको छ। दूध, मासु र अण्डा उत्पादन बढेसँगै पोषण सुरक्षामा सुधार आएको छ। प्रतिव्यक्ति दूध उपलब्धता ९३ लिटर र अण्डा उपलब्धता ५६ गोटा पुगेको सर्वेक्षणले देखाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?