National life

वीरगञ्ज भन्सारले ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व उठायो, लक्ष्यभन्दा केही पछाडि

११ महिनामा २.२१ खर्ब संकलन, वीरगञ्ज भन्सारमा ८८.८९% प्रगति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.1kShares
वीरगञ्ज भन्सारले ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व उठायो, लक्ष्यभन्दा केही पछाडि
ncell

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको अवधिमा कुल २ खर्ब २१ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो तथ्यांक जेठ मसान्तसम्मको हो।

भन्सार विभाग, अर्थ मन्त्रालयले सो अवधिका लागि २ खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। लक्ष्यको तुलनामा कार्यालयले ८८.८९ प्रतिशत मात्र उपलब्धि हासिल गरेको देखिन्छ, जसअनुसार करिब २७ अर्ब ६७ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ।

Royal Enfield
nic asia capital

वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सारका प्रमुख कृष्ण प्रसाद मैनालीका अनुसार एमआरपी विवाद, पेट्रोलियम पदार्थ आयातमा कमी, निर्वाचनको प्रभाव, वर्षायाम तथा डुबानजस्ता कारणले लक्ष्य पूरा हुन नसकेको हो। यद्यपि, गत वर्षको तुलनामा राजस्व संकलनमा वृद्धि भएको उनले बताए।

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा कार्यालयले २ खर्ब १ अर्ब १७ करोड रुपैयाँ राजस्व उठाएको थियो भने लक्ष्य २ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ थियो। तुलनात्मक रूपमा यस वर्ष करिब २० अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको देखिन्छ।

चालु आर्थिक वर्षका लागि वीरगञ्ज भन्सारलाई कुल २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। महिनागत विवरणअनुसार साउनदेखि जेठसम्म राजस्व संकलन क्रमशः उतारचढावसहित अघि बढेको छ, जसमा जेठ महिनामा मात्रै २२ अर्ब ८ करोडभन्दा बढी संकलन भएको कार्यालयले जनाएको छ।

प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार वर्षभरको कारोबार र आयात प्रवृत्तिका आधारमा अन्तिम लक्ष्य नजिक पुग्ने प्रयास भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?