National life

सरकार–निजी क्षेत्र सहकार्य बलियो भए अर्थतन्त्रले गति लिने : उपाध्यक्ष पाण्डे

सुधारका पहल सुरु भएकाले निजी क्षेत्रमा आशा बढेको बताएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
1.2kShares
सरकार–निजी क्षेत्र सहकार्य बलियो भए अर्थतन्त्रले गति लिने : उपाध्यक्ष पाण्डे
ncell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले वर्तमान सरकारको प्रारम्भिक कामप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले सरकार गठन भएको छोटो अवधिमै केही नीतिगत तथा प्रशासनिक सुधारका पहल सुरु भएकाले निजी क्षेत्रमा आशा बढेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारले स्थायित्वको संकेत दिएको, सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने प्रयास थालेको तथा सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा काम अघि बढाएको उल्लेख गरेका छन्।

साथै, शैक्षिक नतिजा छिटो प्रकाशन हुन थालेको, आयकर दरमा कमी ल्याइएको, बेरुजु फर्छ्योटका लागि विशेष व्यवस्था गरिएको र उधारो असुलीसम्बन्धी कानुन ल्याउने प्रतिबद्धता जनाइएकोलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन ‘सनसेट ल’ ल्याउने तयारीले लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ।

तर, यी प्रयासबीच पनि अर्थतन्त्रका मुख्य सूचकहरूमा उल्लेखनीय सुधार नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। पुँजी बजारमा उत्साह नदेखिनु, राजस्व संकलन अपेक्षाअनुसार नबढ्नु, बजारमा उपभोग कमजोर हुनु तथा औद्योगिक उत्पादन घट्दो क्रममा रहनुले अर्थतन्त्रमा दबाब कायम रहेको संकेत गरेको उनले बताए।

बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति बढ्दै जानु, लगानीयोग्य पूँजी थुप्रिनु र घरजग्गा कारोबारमा गिरावट आउनुले पनि समग्र आर्थिक गतिविधि कमजोर रहेको उनको विश्लेषण छ।

पाण्डेले सरकार र निजी क्षेत्रबीच थप संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्। सार्वजनिक–निजी साझेदारीमार्फत नयाँ परियोजना अघि बढाउन अनुकूल वातावरण बनाउनुपर्ने उनको सुझाव छ। कठिन परिस्थितिमा पनि निजी क्षेत्रले लगानी, रोजगारी सिर्जना र अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलिरहेको उनले स्मरण गराएका छन्।

उनका अनुसार सरकार र निजी क्षेत्रबीच विश्वास र सहकार्य बलियो बनाउन सके अर्थतन्त्रले गति लिन सक्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?