National life
cg eloctronics

सात लाख २२ हजार युवाले छाडे देश

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ असार २०८३, मङ्गलबार
1.7kShares
सात लाख २२ हजार युवाले छाडे देश
muktinatha bikash bank

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली युवाको संख्या घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म ७ लाख २२ हजार ८४१ जनाले श्रम स्वीकृति लिएका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९९ प्रतिशत कम हो। त्यसबेला ७ लाख ६० हजार ३९१ जनाले अनुमति पाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

विभागका अनुसार पश्चिम एसियाका १२ देशमा देखिएको तनावका कारण केही समय श्रम स्वीकृति रोकिँदा पनि संख्या घट्न पुगेको हो। साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि अस्थायी रूपमा अनुमति स्थगन गरिएको थियो, जुन वैशाख ७ गतेसम्म कायम थियो।

जेठ महिनामा मात्र वैदेशिक रोजगारीका लागि ६१ हजार ७२ जनाले अनुमति लिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १७.९८ प्रतिशतले कमी हो। त्यसमध्ये २९ हजार ३७१ नयाँ र ३१ हजार ७०१ पुनःप्रवेश (रि–इन्ट्री) अनुमति रहेका छन्।

everest bank

गन्तव्य देशमध्ये मलेसिया सबैभन्दा धेरै रोजिएको छ, जहाँ १४ हजार १९२ जना पुगेका छन्। त्यसपछि यूएई (१२ हजार ४५५), कतार (१० हजार २१०), साउदी अरेबिया (७ हजार ५१९) र रोमानिया (२ हजार ५१०) रहेका छन्।

महिनावार तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म श्रम स्वीकृतिको संख्या ५२ हजारदेखि ७४ हजारसम्मको दायरामा उतारचढाव देखिएको छ।

यसबीच वैदेशिक रोजगारी घटे पनि रेमिट्यान्स भने उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?