काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा आज कम्पनीको सभा सम्पन्न भएको हो ।
उक्त सभाले गत आर्थिक वर्ष ९आव०को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी चार अर्ब रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै आवको वार्षिक र लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयर धनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।





































