National life

आत्मनिर्भर लघुवित्तको नाफामा ७१.२६ प्रतिशतले गिरावट, निक्षेप संलकन कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
527Shares
आत्मनिर्भर लघुवित्तको नाफामा ७१.२६ प्रतिशतले गिरावट, निक्षेप संलकन कति ?
ncell

काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ। संस्थाको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ। संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आवको सोही अवधिको तुलनामा  यो रकम ३.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ११ करोड ९५ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको सञ्चालन मुनाफा भने ८ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  संस्थाले सम्भावित घाटाका लागि १७ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले सम्भावित घाटाका लागि ५ करोड ५४ लाख रुपैयाँको व्यवस्था  गरेको थियो। यस्तै संस्थाको अन्य सञ्चालन आम्दानी १ करोड ८४ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्मचारी खर्च १७.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख र अन्य सञ्चालन खर्च भने १६.५६ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।

यस्तै संस्थाको रिजर्भको आकार ६.५० प्रतिशतले घटेर १९ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८६ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?