National life

आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
572Shares
आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ
ncell

काठमाडौं– करिब आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेका छन्। आज बिहान १० बजे कतार एअर क्यूआर–६५२ मार्फत् दोहा हुँदै काठमाडौं आएका उनी ४ सय ९९ ग्राम सुनसहित पक्राउ परेका हुन्।

विमानस्थल भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेसबाट इन्सपेक्टरको कमाण्डमा खटिएको ७ जना र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट चाँदीको लेपन लगाई ल्याएको सुन जस्तो देखिने पहेँलो तरल पदार्थ ४ सय ९९ ग्राम बरामद गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?