National life

दशैं सँघारमै आएको बेला चङ्गा, ड्रोन, बेलुन उडाउन रोक, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
499Shares
दशैं सँघारमै आएको बेला चङ्गा, ड्रोन, बेलुन उडाउन रोक, यस्तो छ कारण
ncell

काठमाडौँ । दशैंपर्वसँग चङ्गाको गहिरो सम्बन्ध भएको मानिन्छ , आकाशमा देखिने रङ्गीबिरङ्गी चङ्गाले नेपाली समाजमा दशैं भित्रिएको आभास दिन्छ । दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो एकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो भएको मानिन्छ ।

तर दशैं संघारमै आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन नपाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यो क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन आदि उडाउन प्रतिबन्ध लगाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयले एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न नगराउन हुन आग्रह गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?