National life

चन्द्रागिरि हिल्सको नाफामा ९९.३९ प्रतिशतले वृद्धि, नाफासँगै उर्लियो कुल खर्च

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
610Shares
चन्द्रागिरि हिल्सको नाफामा ९९.३९ प्रतिशतले वृद्धि, नाफासँगै उर्लियो कुल खर्च
ncell

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशतले बढेको छ।

उक्त अवधिमा कम्पनीको आम्दानी आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ। कम्पनी गत आवको अन्त्यसम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

Royal Enfield
nic asia capital
यो रकम अघिल्लो आवको तुलनामा ९।४९ प्रतिशतले बढी हो । यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा उछाल आएको छ । कम्पनीले उक्त अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो । यो रकम अघिल्लो आवको तुलनामा ९९।३९ प्रतिशतले बढी हो। अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो ।

यो अवधिसम्म कम्पनीको कुल खर्च २९।३६ प्रतिशतले बढेको छ। कम्पनीले यस अवधिसम्म ३० करोड ७७ लाख रुपैयाँ बराबरको कुल खर्च गरेको छ । कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँ बराबरको दीर्घकालीन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० मा वृद्धि भएको छ । उल्लेख्य सुधार आएको छ। कम्पनीको ईपीएस ७।३० रुपैयाँबाट बढेर १४।५६ रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ९५।३९ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?