National life

छठ पर्वलाई लक्षित गर्दै जनकपुरमा भारतबाट चार करोडको केरा आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ मंसिर २०८०, शुक्रबार
578Shares
छठ पर्वलाई लक्षित गर्दै जनकपुरमा भारतबाट चार करोडको केरा आयात
ncell

काठमाडौँ । छठ पर्वलाई लक्षित गर्दै छिमेकी देश भारतबाट जनकपुरधाममा मात्रै चार करोड रुपैयाँ बराबरको केरा आयात गरिएको छ ।

सामान्यतया मधेस प्रदेशमा केराको माग यसै पनि बढी भएको तथ्याङ्क देखिन्छ त्यसमाथि छठमा केराको माग उच्च हुनुलाई सामान्य रूपमा लिने गरेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादव बताउँछन् ।

छठ पर्वमा बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ । यादवका अनुसार  अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न नसक्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ छ। ‘गत वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो’, उनले भने, ‘यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।

जनकपुरमा गोपाल र वंशी भोग जातका केरा सप्तरी जिल्लाको भार दह, भाम्टावारि तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, किरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताउँछन् ।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । ‘छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५२० ट्रक बढी केरा मगाइएको छ ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार २०० घरी आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ६ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?