काठमाडौँ। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।
बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाश शरण महत छन् भने एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरू सत्तारुढ दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।


































