National life

पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माण निर्बाध रूपमा अघि बढाउनुपर्छ: सांसद भट्टराई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
658Shares
पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माण निर्बाध रूपमा अघि बढाउनुपर्छ: सांसद भट्टराई
ncell

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माण कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

उनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्र्धनका लागि मुकुम्लुम पार्क तथा संग्राहालय निर्माण गर्न माग गर्दै उनले यस्तो बताएका हुन् ।

उक्त विषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्दै उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको धारणा राखे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने भन्दै उनले समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा जोड दिए ।

उनले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग समेत गरेका छन् । केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने र यसबाट समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
658SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?