National life

बचतकर्ताको ११ करोड ११ लाख हिनामिना गर्ने सहकारीका सञ्चालक जेल चलान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ फागुन २०८०, बुधबार
622Shares
बचतकर्ताको ११ करोड ११ लाख हिनामिना गर्ने सहकारीका सञ्चालक जेल चलान
ncell

काठमाडौँ। पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालित माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ जेल चलान भएका छन् ।

सहकारी ठगीको आरोपमा प्रकाउ परेका श्रेष्ठ केही सातादेखि प्रहरी नियन्त्रणमा रहेका थिए । जिल्ला अदालत पर्वतमा फागुन १५ गते भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै सहकारीका बचतकर्ता अर्जुन कुमार श्रेष्ठलगायतले श्रेष्ठ सहित अन्य २२ जना विरुद्ध मुद्दा दायर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बचतकर्ताले सहकारीमा ११ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।

माता पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका २३ जना सञ्चालक अझैसम्म फरार सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले  जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?