National life

बेँसीशहरमा पाइने रसिलो सुन्तला किसानका अमिलो व्यथा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
566Shares
बेँसीशहरमा पाइने रसिलो सुन्तला किसानका अमिलो व्यथा
ncell

काठमाडौं । बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए।

उनको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भने, ‘अहिले त परिवारले खाने सुन्तला पनि छैन ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुन्तला सखाप भएपछि धान र मकैखेती गर्न थालेको उहाँको भनाइ थियो । पाण्डेले भने, ‘त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैले बिक्री गरिन्थ्यो तर अहिले आफैले अरुसँग किनेर सुन्तला खानुपरेको गुनासो उहाँले गर्नुभयो ।’

त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उनले भने, ‘करिब ५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौ। तेह्र रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो । बर्सेनी रु छ÷सात लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत हुने गर्ने गरेका थियौँ ।’

पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो अहिले त ५०/६० वटा बोट छन् त्यही पनि मसिना मसिना दाना फलेको छ, यसवर्ष ७०/८० हजारसम्म आइहाल्छकी पन्तले भने । कति दुःख गरेर लगाएइको सुन्तलाखेती नासिँदा दुःख लागेको छ । सुन्तला नभए पनि कागती हुन्छ की भनेर तीन वर्षअघि बीस हजार तिरेर एकसय वटा कागतीको बिरुवा सारेकामा गतवर्ष सबै बिरुवा मरेको उनले सुनाए ।

रमेशराज पन्तको पनि उस्तै समस्या छ। विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चाररपाँच लाखसम्म आम्दानी गरेका थिए । विसं २०३६र३६ मा एक हजार पाँच सय वटा बिरुवाबाट सुन्तलाखेती गर्दै विसं २०४० देखि उत्पादन गर्दै बर्सेनी रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उनले सुनाए ।

‘विसं २०६० सम्म लगाइएको सुन्तलाले गाउँ नै ढाक्ने गर्थ्यो , फागुन महिनासम्म पनि सुन्तला टिपेर भ्याउन गाहे हुन्थ्यो तर अहिले ३०र४० वटा बोट धेरै स्याहारसुसार र मलजल गरेर बचाएर राखेको छु, यसवर्ष करिब रु एक डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ,’ रमेशले भने, ‘विगतमा प्रतिगोटा २५ पैसामासमेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो थिएन, भाउ थिएन, आफैले झारेर धुवानी गर्नुपथ्र्यो, अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन ।’

लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत यस गाउँमा केही वर्षदेखि बोट मात्रै हुँदा किसान चिन्तामा छन् ।

nic asia capital
उनीहरुको मात्रै नभइ गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी छन् ।

विगतमा आफूहरुले रु तीन करोडसम्म लिने गरेपनि यतिबेला रु पाँचरदस लाख पनि पाउन मुस्किल हुने स्थानीयवासीको भनाइ थियो । बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरुले बताए ।

यहाँका किसानले उतिबेला ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसान आ-आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुसी भएर बसेका हुन्थे तर विगतकेही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ।

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ ।

जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगेटेको छ । यतिबेला सुन्तला प्रतिकिलो रु एकसय ४० देखि रु एकसय ५० मा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन ९उत्पादनमा ह्रास हुने रोग०, ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब एक सय ५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?