National life

विराटनगर महानगरको आन्तरिक आयस्रोतमा गिरावट, २३ करोड बढीको राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
463Shares
विराटनगर महानगरको आन्तरिक आयस्रोतमा गिरावट, २३ करोड बढीको राजस्व संकलन
ncell

काठमाडौं। चालु आर्थिक वर्षको साढे पाँच महिनामा विराटनगर महानगरपालिकाले  आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ ।

विराटनगर महानगरपालिका नगर सभाको पन्ध्रौँ अधिवेशनमा भएको छलफलमा अहिलेसम्मको आम्दानीको बारेमा छलफल गरिएको थियो। महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत् राखेर नगर सभाको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको हो। अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो।

Royal Enfield
nic asia capital

नगर सभा अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आयव्यय प्रस्तुत गरेकी थिइन। उनले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताएकी छिन् ।

चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो। त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ।

त्यस खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा भनिएको छ । त्यसैगरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै सङ्कलन भएको छ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?