National life

वीर शहिदहरुको सम्मानार्थ टेलिकमको अफर ६०० मिनेट अल नेट भ्वाइस सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
1.1kShares
वीर शहिदहरुको सम्मानार्थ टेलिकमको अफर ६०० मिनेट अल नेट भ्वाइस सुविधा
ncell

काठमाडौं । वीर शहिदहरुको सम्मानार्थमा नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ ।

उक्त अफर आज (२०८० फागुन ६) देखि लागु भएको छ भने आगामी फागुन १२ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अफरमा नेपाल टेलिकमले देशमा प्रजातन्त्र र लोकतन्त्रर गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने जनाएको छ।

साविक बमोजमको Free Resource अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो च्भकयगचअभ चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै एफटीटीएच अन्तर्गत ५० एमबीपीएसकोYearly One Time प्याकेज र Combo Yearly One Time प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।

यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट सेवाग्राहीले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?