National life

सूर्यज्योती लाइफको लाभांश जगेडा कोषमा राखिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ फागुन २०८०, शुक्रबार
529Shares
सूर्यज्योती लाइफको लाभांश जगेडा कोषमा राखिने
ncell

काठमाडौँ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९–८० बाट शेयर धनीलाई लाभांश नदिने भएको छ ।

फागुन १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको ३६९ औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरू अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको छ।

सूर्य ज्योति लाइफले आर्थिक वर्ष २०७९–८० मर्जर हुनु अगाडिको (साबिक ज्योति लाइफ) ९ महिना ६ दिनको मुनाफालाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

Royal Enfield
nic asia capital
साथै साबिक ज्योति लाइफ इन्स्योरेन्सको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्य ज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?