National life

स्मार्टफोन आयातमा तीव्र वृद्धि , जेठ मसान्तसम्म ३२ अर्ब आठ करोड बढीको आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
684Shares
स्मार्टफोन आयातमा तीव्र वृद्धि , जेठ मसान्तसम्म ३२ अर्ब आठ करोड बढीको आयात
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको अवधिमा नेपालमा १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म नेपालमा ३२ अर्ब आठ करोड रुपैयाँ बराबरका स्मार्टफोन भित्रिएको हो ।

पछिल्लो ११ महिनाको यो आयात अघिल्लो आव ०८०/८१ को १२ महिनाको तुलनामा बढी हो। गत आवमा १८ लाख ३९ हजार थान स्मार्टफोन आयात हुँदा २८ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले चालु आवमा पाँच अर्ब ९८ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ । स्मार्टफोन आयात वृद्धिसँगै राजस्वमा समेत वृद्धि भएको हो । नेपाली बजारमा हाल २० हजारदेखि ४५ हजार रुपैयाँसम्मका मोडेलहरूको माग उच्च हुने गरेको व्यवसायीहरूको भनाई छ ।

समग्रमा चालू आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ। यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा १३ दशमलव १५ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
684SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?