National life

चार महिनामा ११ अर्ब बढीको स्मार्टफोन आयात, धेरै आयात हुनेमा चिन र भारत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ मंसिर २०८०, शुक्रबार
1.3kShares
चार महिनामा ११ अर्ब बढीको स्मार्टफोन आयात, धेरै आयात हुनेमा चिन र भारत
ncell

काठमाडौं। चालू आर्थिक वर्षको चार महिनामा ११ अर्ब रुपैयाँ बढीको स्मार्टफोन नेपाल भित्रिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० र ८१ को साउनदेखि कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा कुल ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ७१ हजार ३ सय २६ यूनिट स्मार्टफोन नेपाल भित्रिएको छ।

गत आर्थिक वर्ष २०७९/ ८० को कात्तिक मसान्तसम्ममा भने १० अर्ब १० करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको ९ लाख ७१ हजार १४ यूनिट स्मार्टफोन नेपाल भित्रिएको थियो।

गत वर्षको तुलनामा यस वर्षको सोही अवधिमा भएको स्मार्टफोनको आयात संख्या घटेको छ रकम भने बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्मार्टफोनको आयातबाट सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ।

स्मार्टफोनको आयात १ अर्ब ४२ करोड १० लाख १२ हजार रुपैयाँ बढेको छ भने आयात संख्या भने १ लाख ९९ हजार ६८८ यूनिटले घटेको छ। विभागको तथ्यांकअनुसार नेपालमा ४५ मुलुकबाट स्मार्टफोन आउने गरेको देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। नेपालमा आउने स्मार्टफोनमध्ये चीनको हिस्सा ६९.०३ प्रतिशत रहेको छ। चीनबाट ७ अर्ब ९६ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको ५ लाख ५८ हजार ५६ यूनिट स्मार्टफोन आयात भएको छ।

स्मार्टफोन आयातको हिसाबले भारत दोस्रो स्थानमा छ। नेपाली स्मार्टफोन बजारमा भारतबाट आउने हिस्सा २९.७३ प्रतिशत रहेको छ।

भारतबाट ३ अर्ब ४२ करोड ८३ लाख ३४ लाख रुपैयाँ बराबरको २ लाख ११ हजार ५ सय १४ यूनिट स्मार्टफोन आयात भएको छ। बाँकी ४३ मुलुकबाट १.२४ प्रतिशत आर्थत १४ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?