National life
cg eloctronics

अब विदेशमा काम गर्न जानेहरूलाई बिना धितो ऋण दिइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
1.4kShares
अब विदेशमा काम गर्न जानेहरूलाई बिना धितो ऋण दिइने
ncell

काठमाडौँ ।  वैदेशिक रोजगारीमा जानेलाई नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याएको छ।

आज सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना नै धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

गभर्नर महाप्रद अधिकारीले नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार उक्त व्यवस्था गरिने बताए ।

यस्तै राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको दायरा पनि बढाएको छ । ३५ हजार अमेरिकी डलरसम्म सटही गर्न पाउने व्यवस्थालाई बढाएर ५० हजार डलर कायम गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?