National life

अपर सोलु हाइड्रोको नाफा ३५.१५% ले बढ्यो, प्रति सेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
897Shares
अपर सोलु हाइड्रोको नाफा ३५.१५% ले बढ्यो, प्रति सेयर आम्दानी कति ?
ncell

काठमाडौँ। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार देखाएको छ । कम्पनीद्वारा सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५.१५ प्रतिशतले बढी हो।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा १४ करोड ३३ लाख रुपैयाँमा सीमित रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोजनाको पूर्ण क्षमतामा सञ्चालन सुरु हुनु र वित्तीय खर्च घट्नुले नाफा बढ्न सहयोग पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४७ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विद्युत बिक्री आम्दानी ४५ करोड ४८ लाख रुपैयाँ रहेको थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा रहेकाले अघिल्ला त्रैमासको तुलनामा आम्दानीमा सुधार आएको कम्पनीले जनाएको छ ।

सञ्चालन खर्चतर्फ भने केही वृद्धि देखिएको छ । प्रशासनिक खर्च ७२ लाख ३७ हजार रुपैयाँबाट बढेर ७८ लाख ९० हजार रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च पनि ८६ लाख ४ हजार रुपैयाँबाट बढेर ८९ लाख ९५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्मचारी बोनस खर्च २९ लाख २३ हजार रुपैयाँबाट वृद्धि भई ३९ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यद्यपि, वित्तीय खर्चमा आएको उल्लेखनीय गिरावट कम्पनीका लागि सकारात्मक पक्ष बनेको छ । अघिल्लो वर्ष १५ करोड ६० लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ११ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ दीर्घकालीन कर्जा तथा २० करोड ७४ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएको छ । सोही अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४० करोड ७९ लाख रुपैयाँ र चालु दायित्व २४ करोड ४८ लाख रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १४.३४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११८.१२ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३२.०८ गुणा तथा तरलता अनुपात १.६७ गुणा कायम रहेको छ।

nic asia capital

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?