काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द गरेको छ।
प्राधिकरणका अनुसार स्युटाचार–टेकु १३२ केभी लाइनको बुसबार कनेक्सन कार्यका कारण बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत आपूर्ति रोकिएको हो।
यस अवधिमा रत्नपार्क, कुलेश्वर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका कालीमाटी, क्षेत्रपाटी, भीमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्युरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहचल, कुलेश्वर, पुल्चोक, बागमती, भैसेपाटी, रिङरोड र सानेपा फिडर क्षेत्रमा आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले उपभोक्तालाई असुविधा हुन नदिन आवश्यक वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।

































