National life

कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
656Shares
कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
ncell

काठमाडौं । कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन आनाकानी गरेको छ। न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकारको आदेश दिएको छ।

आफ्नो कार्यकाल छँदै सरकारले बदनीयतपूर्वक हटाएको भन्दै गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चैत १५ गते सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

नवनियुक्त हितेन्द्रदेवले भने ४ वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिवेला दायर गरिएको रिटलाई भने सर्वोच्चले अग्राधिकारमा राखेको छैन। कुलमान र हितेन्द्रदेव दुवैको रिटमाथि सर्वोच्चले एकैसाथ सुनुवाई गरेको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?