National life

छुट्ला है ! बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
1.1kShares
छुट्ला है ! बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
ncell

काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको थियो, जसमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ। उक्त सेयरमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख रुपैयाँबराबरको १ लाख ४ हजार कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि छुट्याइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले सम्हालेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत ‘सि-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?