National life

तनहुँको बन्दीपुर–देवघाट क्षेत्रमा १२६ मेगावाट आयोजना अघि बढ्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
997Shares
तनहुँको बन्दीपुर–देवघाट क्षेत्रमा १२६ मेगावाट आयोजना अघि बढ्दै
ncell

दमौली । तनहुँ जिल्लामा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ।

आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एसियाली विकास बैंकको २२७ मिलियन अमेरिकी डलर सहयोग, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत परियोजना निर्माण गरिनेछ।

अर्धजलाशययुक्त प्रकृतिको यस आयोजनाको बाँध बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ क्षेत्रमा रहनेछ भने विद्युत्गृह, मुख्य सुरुङ र कर्मचारी आवास देवघाट–३ र ४ मा निर्माण गरिने योजना छ।

आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माणतर्फ आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको आयोजना पक्षले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?