National life

नेपाल-बङ्गलादेश ऊर्जा साझेदारी : थप २० मेगावाट बिजुली निर्यातमा सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१२ मंसिर २०८२, शुक्रबार
727Shares
नेपाल-बङ्गलादेश ऊर्जा साझेदारी : थप २० मेगावाट बिजुली निर्यातमा सहमति
ncell

काठमाडौँ । नेपालले बङ्गलादेशलाई थप २० मेगावाट बिजुली निर्यात गर्ने तयारी थालेको छ। नेपाल र बङ्गलादेशबीच ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ढाकामा सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाटमध्ये थप २० मेगावाट आपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति गरेको हो।

ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार बङ्गलादेशले प्राविधिक तयारी पूरा गरी बिजुली आयात विस्तार गर्न इच्छा व्यक्त गरेको छ। बैठकको सहअध्यक्षता नेपालका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेशका सचिव फर्जाना ममताजले गरेका थिए।

Royal Enfield
nic asia capital

यसअघिका संयुक्त कार्यदलका सिफारिसहरूमा आधारित बैठकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा विद्युतीय सवारी चार्जिङ, रूफटप सोलार, ऊर्जा परीक्षणजस्ता क्षेत्रमा बङ्गलादेशले नेपाललाई प्राविधिक सहयोग दिने समझदारी पनि अगाडि बढाएको छ।

२०७८ असोज १७ मा ४० मेगावाट निर्यातका लागि भएको सम्झौतापछि नेपालले भारतीय ग्रिडमार्फत बङ्गलादेशलाई बिजुली पठाइरहेको छ। प्रतियुनिट ६.४ सेन्टमा बिक्री agreement भएको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै बहरामपुर (भारत)–भेरामारा (बङ्गलादेश) लाइनमार्फत प्रवाह भइरहेको छ।

दुवै देशले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानी प्रक्रियालाई छिटो अघि बढाउने सहमति समेत गरेका छन्। बङ्गलादेशले मूल्याङ्कनका लागि विशेषज्ञ समिति बनाउने र संयुक्त कम्पनी गठन प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउने उल्लेख गरिएको छ।

भविष्यमा नेपाल–बङ्गलादेश–भारतबीच त्रिपक्षीय ऊर्जा व्यापार सहज बनाउन आवश्यक समन्वय गर्ने, अन्तरदेशीय प्रसारण लाइन विस्तार तथा निजी लगानी आकर्षित गर्ने विषयमा पनि बैठक सकारात्मक निष्कर्षमा पुगेको छ। बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट ९,००० मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ भने नेपाल–भारतबीच १० वर्षभित्र १० हजार मेगावाट व्यापार गर्ने दीर्घकालीन सम्झौता यसअघि नै भइसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?