National life

पहिलो त्रैमासमा माउन्टेन इनर्जीको नाफा ३८.६७% ले वृद्धि, खुद नाफा ४२ करोड पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1.1kShares
पहिलो त्रैमासमा माउन्टेन इनर्जीको नाफा ३८.६७% ले वृद्धि, खुद नाफा ४२ करोड पुग्यो
ncell

काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा यस अवधिमा ३८.६७ प्रतिशतले वृद्धि भएर ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ थियो।

कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपैयाँ आम्दानी कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.७० प्रतिशत बढी हो।

Royal Enfield
nic asia capital
यस अवधिमा बीमा दाबीबाट ९ लाख रुपैयाँ पनि प्राप्त भएको छ। संचालन मुनाफा ४७ करोड १६ लाख, र करअगाडी नाफा ४३ करोड ४७ लाख पुगेको छ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निङ १ अर्ब ७६ करोड छ। प्रति शेयर आम्दानी १६.२७ रुपैयाँ, र प्रति शेयर नेटवर्थ १६७.७८ रुपैयाँ पुगेको छ।

माउन्टेन इनर्जी हाल ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?