National life

भुजुङ हाईड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
537Shares
भुजुङ हाईड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने
ncell

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडलेले आगामी पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरको १० लाख कित्ता साधारण सेयर मध्ये आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिकाको वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रको लागि ६० प्रतिशत अर्थात् ६ कित्ता र सोही गाँउपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १ अप्रत्यक्ष प्रभावित क्षेत्रको लागि ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर स्थानीय सम्पूर्ण वडाबासी बासिन्दाहरुको लागि निष्काशन गरी बिक्री गरिनेछ ।

यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरका १० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले कुमारी बैंकको बेशीशहर शाखा, सानिमा बैंकको बेशीशहर शाखा, प्रभु बैंकको बेशीशहर शाखा, माछापुच्छ्रे बैंकको बेशीशहर शाखा,क्वहोलासोथार गाउँपालिकाको–४ कार्यालय र भुजुङ हाईड्रो पावरको काठमाडांै कार्यालयबा आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?